फोटोन टोटल केयर: भरोसायुक्त आफ्टर सेल्स सर्भिस

हाल देशभर फोटोनका १७ वटा सेवा केन्द्र सञ्चालनमा छन्, जसले सहरदेखि ग्रामीण भेगसम्मका ग्राहकलाई भरपर्दो सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको छ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Photon Total Care: Reliable After Sales Service

What you should know

काठमाडौँ — फोटोनले ग्राहकहरूको विश्वासलाई अझ सुदृढ बनाउन फोटोन टोटल केयरमार्फत नेपालभर आफ्नो उपस्थिति मजबुत बनाइरहेको छ। यो पूर्णतया बिक्रीपछिको सेवा प्रणाली हो, जसको उद्देश्य गाडी किनेपछि पनि ग्राहकलाई दीर्घकालीन सहायता प्रदान गर्नु हो।

देशभर फैलँदै गएको सञ्जाल, विश्वसनीयता, पहुँचयोग्य सेवा र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतासँगै फोटोनले प्रत्येक गाडीधनीका लागि यात्राका दौरान उत्तम सेवाको सुनिश्चितता गर्दै आएको छ।

हाल देशभर फोटोनका १७ वटा सेवा केन्द्र सञ्चालनमा छन्, जसले सहरदेखि ग्रामीण भेगसम्मका ग्राहकलाई भरपर्दो सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको छ। यही विस्तृत सञ्जालमार्फत ग्राहकले जुनसुकै स्थानबाट सर्भिसिङ, मर्मत सेवा तथा पार्टपुर्जा सहजै प्राप्त गर्न सक्छन्। प्रशिक्षित प्राविधिक टोली र सेवाको छिटो उपलब्धताले गर्दा फोटोनले देशभरका प्रयोगकर्तामाझ बलियो विश्वास निर्माण गरेको छ।

फोटोन टोटल केयर प्रमिसले सम्पूर्ण आफ्टर सेल्स सर्भिस प्रदान गर्छ। यसमा भरपर्दो आफ्टर–सेल्स सेवा, जेन्युइन स्पेयर पार्ट्स, वारेन्टी सुविधाहरू, रोडसाइड सहयोग र डेडीकेटेड कस्टमर केयर समावेश छन्। यो अल-इन-वान प्रणालीले सवारी साधनलाई राम्रोसँग चलाइराख्न, डाउनटाइम कम गर्न र फोटोन प्रयोग गर्ने व्यवसायीहरूलाई मानसिक शान्ति पनि प्रदान गर्छ। नियमित मर्मत गर्न होस् वा आकस्मिक समस्याका बखत, ग्राहकले फोटोनको छिटो र भरपर्दो सेवामाथि पूर्ण रूपमा भरोसा गर्न सक्छन्।

हरेक सेवा केन्द्रमा फोटोन गाडीका लागि विशेष प्रशिक्षण प्राप्त प्रमाणित प्राविधिकहरू उपलब्ध छन्। फोटोनका १०० प्रतिशत जेन्युइन पार्ट्स प्रयोग गरेर ब्रान्डले दीर्घकालीन मजबुती, भरपर्दो प्रदर्शन र अधिकतम सुरक्षाको सुनिश्चितता दिन्छ। गुणस्तरप्रतिको यही प्रतिबद्धताले गाडीको आयु बढाउन र कठिन सञ्चालन अवस्थाहरूमा पनि कार्यक्षमता जोगाइराख्न मद्दत गर्छ।

फोटोनको ग्राहकमैत्री दृष्टिकोण सर्भिस क्याम्प, क्विक रेस्पोन्स हेल्पलाइन र प्रोएक्टिभ फलो–अपहरूमा पनि देखिन्छ। यी पहलहरूले ग्राहकलाई सुसुचित रहन, गाडी उचित रूपमा मर्मत गर्न र समस्याहरूलाई चाँडो समाधान गर्न मद्दत गर्छन्। फोटोनको हालसालैको प्रमुख गतिविधिमध्ये एक मेगा मनसुन सर्भिस क्याम्प हो, जुन अगस्ट १० देखि सेप्टेम्बरको अन्तसम्म सञ्चालन भएको थियो। मनसुनको चुनौतीपूर्ण समयमा पनि गाडी राम्रो अवस्थामा रहोस् भनेर देशभर संचालन गरिएको क्याम्पमा चेकअप, सर्भिसिंग सपोर्ट र विशेषज्ञ परामर्श प्रदान गरिएको थियो।

फोटोन टोटल केयर मार्फत ब्रान्डले विश्वसनीयता, ग्राहक सन्तुष्टि र दीर्घकालीन भ्यालुमा केन्द्रित सेवामार्फत बिक्रीपछि पनि निरन्तर साथ दिइरहेको छ। भरपर्दो सेवा, उच्च गुणस्तर र देशव्यापी पहुँचका साथ नेपालको बढ्दो मोबिलिटी आवश्यकतामा फोटोन निरन्तर प्रतिबद्ध छ।

एमएडब्लू वृद्धि कमर्सियलका बारेमा

उत्कृष्ट मोबिलिटी सोलुसन्स विकास गर्न र उपलब्ध गराउन समर्पित एमएडब्लू वृद्धि कमर्सियल नेपालको एक व्यावसायिक गाडी आपूर्तिकर्ता हो। कम्पनी फोटोन गाडीहरूको अधिकृत वितरक हो र विश्वसनीयता, प्रदर्शन तथा ग्राहक सन्तुष्टि यसको पहिचान हो। एमएडब्लू वृद्धि कमर्सियलले देशभर विस्तार हुँदै गएको शोरूम तथा सर्भिस नेटवर्कमार्फत उच्च गुणस्तरका गाडी र विश्वस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्दै व्यावसायिक क्षेत्रलाई सशक्त रूपमा साथ दिइरहेको छ।

कान्तिपुर

Link copied successfully