उद्घाटन समारोहमा शाह आइरन एन्ड इलेक्ट्रोनिक स्टोर्सका सञ्चालक करिराम शाह, कजारियाका कन्ट्री म्यानेजर तिवारीलगायत अन्य शुभेच्छुक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
What you should know
काठमाडौँ — प्रिमियम र विश्वसनीय टायल उत्पादक कम्पनी कजारियाले सिन्धुलीको आदर्शनगर–६ (पुरानो बुधबार हाट) मा अत्याधुनिक नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शोरुमको उद्घाटन कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले गरेका हुन् ।
शाह आइरन एन्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो शोरुमले सिन्धुलीमा बढ्दो उच्च–गुणस्तरीय टायलको माग पूरा गर्दै ग्राहकलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहमा शाह आइरन एन्ड इलेक्ट्रोनिक स्टोर्सका सञ्चालक करिराम शाह, कजारियाका कन्ट्री म्यानेजर तिवारीलगायत अन्य शुभेच्छुक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा नयाँ शोरुमका सञ्चालक करिराम शाहले भने, 'कजारियासँग साझेदारी गर्न पाउँदा हामीले अत्यन्त गौरवान्वित महसुस गरेका छौँ । गुणस्तर र नवप्रवर्तनको पर्याय बनेको यो ब्रान्डका प्रिमियम टायल तथा विश्वस्तरीय डिजाइनहरू अब सिन्धुलीका ग्राहकहरूले आफ्नै गाउँठाउँमा सहज रूपमा पाउनेछन् ।'
कजारियाका कन्ट्री म्यानेजर तिवारीले भने, 'कजारियाले सधैँ उत्कृष्टता प्रदान गर्ने विश्वास राख्छ । यो नयाँ शोरूममार्फत हामी हाम्रा उत्कृष्ट टायलहरूको दायरा ग्राहकहरूसम्म अझ नजिकबाट पुर्याउँदैछौँ । नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ ।'
कजारिया रामेश टायल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्डअनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टायल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदा रुचिहरूलाई ध्यानमा राख्दै ४ हजारभन्दा बढी विशेष डिजाइनका विकल्प प्रस्तुत गर्ने गरेको छ ।
