एमएडब्लू वृद्धि मोटर्सले '२०२५ अवार्ड अफ एक्सिलेन्ट ईभी सेल्स' र '२०२५ अवार्ड अफ सर्भिस एक्सिलेन्स' पाएको हो ।
What you should know
काठमाडौँ — 'इनर्जी, भिजन, फ्युचर' थिममा सकिएको २०२६ डोंगफेंग डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले दुई वटा अवार्ड पाएको छ । एमएडब्लू वृद्धि मोटर्सले '२०२५ अवार्ड अफ एक्सिलेन्ट ईभी सेल्स' र '२०२५ अवार्ड अफ सर्भिस एक्सिलेन्स' पाएको हो ।
नेपालमा विद्युतीय सवारी (इभी) प्रवर्द्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई अवार्ड दिइएको हो ।
यी अवार्डहरू एमएडब्लू समूहको वातावरणप्रतिको जिम्मेवारी र नयाँ ऊर्जा क्षेत्र को प्रवर्द्धन गर्ने व्यापक लक्ष्यसँग मेल समूहले नेपाललाई स्वच्छ ऊर्जाका यातायाततर्फ लैजानका लागि पूर्ण ईभी इकोसिस्टम र आवश्यक पूर्वाधार निर्माण गर्न लागिपरेको छ । ईभी क्षेत्रमा निभाएको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदूषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रुपमा आफ्नो पहिचान बनाएको छ ।
एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा १२५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ । ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको कम्पनीले जनाएको छ।
देशभर रहेका १२ वटा बिक्री केन्द्रले ग्राहकलाई ईभीबारे बुझ्न, यसलाई प्रत्यक्ष अवलोकन गर्न र ढुक्क भएर न्यू इनर्जी गाडी रोज्न सहज वातावरण बनाएको छ ।
एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण सर्भिस एक्सलेन्स अवार्ड प्राप्त गरेको हो। एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन्। ग्राहक सन्तुष्टि दर ९२ प्रतिशत छ र २४/७ हेल्पलाइनमार्फत यसले एकदम छिटो सहायता उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।
समूहका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, 'हामी नेपालमा वातावरणमैत्री गाडी हरू ल्याउन निरन्तर काम गर्नेछौँ, यसले आयातित इन्धनप्रतिको निर्भरता घटाएर, स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ र राष्ट्रको अमूल्य विदेशी मुद्रा बचत गर्न मद्दत गर्नेछ । ग्राहकको सन्तुष्टि सधैँ हाम्रा हरेक कार्यको केन्द्रमा रहनेछ ।'
