आगामी आइतबारदेखि लीपमोटर र सिट्रोनको एक्सचेन्ज क्याम्प

सिट्रोन 'एक्सचेन्ज विथ द बेस्ट' क्याम्पले सहभागीलाई एक्सचेन्ज बोनस, एमसीबी बक्ससहितको नि:शुल्क ३.३ किलोवाट चार्जर, एक वर्षको अटो प्लस बीमा र नि:शुल्क रोड ट्याक्स र दर्ताको साथ उत्कृष्ट कारमा अपग्रेड गर्ने अवसर दिनेछ ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Leap Motor and Citroen exchange camp from next Sunday

काठमाडौँ — लीपमोटर, सिट्रोन, प्यूजोलगायत ब्रान्डको वितरक सांग्रिला मोटर्सले मंसिर १४ देखि मंसिर २१ गतेसम्म नेपालभरका सम्बन्धित शोरूमहरूमा विशेष एक्सचेन्ज क्याम्पहरू आयोजना गर्ने भएको छ ।

ग्राहकलाई आकर्षक लाभहरूका साथ आफ्ना सवारी साधनहरू अपग्रेड गर्ने अवसर दिइनेछ ।

लीपमोटर 'एक्सचेन्ज विथ द बेस्ट' क्याम्पले ग्राहकलाई उनीहरूको लागि पर्फेक्ट १०/१० कार चलाउने अवसर दिँदै नगद छुट, एक्सचेन्ज बोनस, नि:शुल्क रोड ट्याक्स र दर्ता, २.२ किलोवाटको ट्राभल चार्जरको साथ नि:शुल्क ७ किलोवाटको होम चार्जर र थप सहायक उपकरणहरू पाउनेछ ।

सिट्रोन 'एक्सचेन्ज विथ द बेस्ट' क्याम्पले सहभागीलाई एक्सचेन्ज बोनस, एमसीबी बक्स सहितको नि:शुल्क ३.३ किलोवाट चार्जर, एक वर्षको अटो प्लस बीमा र नि:शुल्क रोड ट्याक्स र दर्ताको साथ उत्कृष्ट कारमा  अपग्रेड गर्ने अवसर दिनेछ ।

एकैसाथ सञ्चालन हुने दुवै एक्सचेन्ज क्याम्पहरूले नेपालभरका ग्राहकलाई सीमित समयका अफरहरूको लाभ उठाउँदै आफ्नो सवारी अपग्रेड गर्ने अवसर प्रदान गर्नेछ ।

कान्तिपुर

Link copied successfully