भायानेटको 'सुपरहिट इन्टरनेट प्याक' सार्वजनिक

सबैभन्दा लोकप्रिय २०० एमबीपीएस वार्षिक प्याकेज अब ‍ ११ हजार २०० रुपैयाँमा (भ्याट सहित) खरिद गर्न सकिनेछ ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Vianet's 'Superhit Internet Pack' unveiled

काठमाडौँ — इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ 'सुपरहिट इन्टरनेट प्याक' सार्वजनिक गरेको छ । यो योजना उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवाका लागि डिजाइन गरिएको हो ।

सुपरहिट इन्टरनेट प्याकअन्तर्गत भायानेटले १०० एमबीपीएस, २०० एमबीपीएस  र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध गराएको छ, जसमा सबैभन्दा लोकप्रिय  २०० एमबीपीएस वार्षिक प्याकेज अब ‍ ११ हजार २००  रुपैयाँ(भ्याट  सहित) मा प्राप्त गर्न सकिनेछ ।

विशेष रूपमा २०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक योजना लिने ग्राहकहरूले १ महिना इन्टरनेट निःशुल्क पाउनेछन्। साथै, २०० एमबीपीएस  वा सोभन्दा  माथिको प्याकेजहरूमा प्रायोरिटी सर्भ  को साथमा ‘सेम डे सर्पोट’ सुविधा पनि समावेश गरिएको छ, जसअनुसार इन्टरनेटसम्बन्धी कुनै समस्या दिउँसो ३ बजेअघि दर्ता गरिने इन्टरनेटसम्बन्धी गुनासाहरूलाई सोही दिनमै प्राथमिकतापूर्वक समाधान गरिने कम्पनीले जनाएको छ।

इन्टरनेटको अनुभव झन् सहज बनाउन इच्छुक ग्राहकका लागि भायानेटले मेस राउटर   पनि विशेष मूल्यमा उपलब्ध गराएको छ। सामान्यतया   ३ हजार रुपैयाँ पर्ने मेश राउटर अहिले  २५ सय रुपैयाँमा  पाइनेछ।

कान्तिपुर संवाददाता

Link copied successfully