इसेवाको ब्रान्ड प्रवर्धकमा रोहितकुमार पौडेलको निरन्तरता

पुल्चोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यलयमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र रोहित कुमार पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Rohit Kumar Poudel continues to promote Esewa's brand

काठमाडौँ — इसेवाले आफ्नो ब्राण्ड प्रवर्धकको रुपमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ ।

विगत दुई वर्षदेखि इसेवाको ब्राण्ड प्रवर्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो ।

पुल्चोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यलयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र  रोहित कुमार पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।  

ब्रान्ड प्रवर्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए ।

नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्वपूर्ण भूमिका निभाइरहेका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्धकका रूपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय रहेको इसेवाका प्रमुख कार्यकारी  अधिकृत (सीईओ) जगदीश खड्काले बताए ।  

कान्तिपुर

Link copied successfully