५०% छुट दिएपछि केएफसी र पिज्जा हटमा एकैदिन ४३ हजार ग्राहक

वार्षिकोत्सवका दिन नेपालभरका आउटलेटमा करिब ४३ हजार ग्राहकहरु जोडिएका हुन् ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

43,000 customers in one day at KFC and Pizza Hut after 50% discount

काठमाडौँ — आफ्नो १६ औं वार्षिकोत्सवका अवसरमा केएफसी र पिज्जा हटले मंगलबार नेपालभरका आउटलेटमा ५० प्रतिशतसम्म छुटको अफर दिएपछि करिब ४३ हजार ग्राहकहरुले किनमेल गरेका छन् ।

वार्षिकोत्सवका अवसरमा मंगलबार दिनभर केएफसीमा ग्राहकहरुलाई 'बाई अ बकेट, गेट अ बकेट फ्री' अफर र पिज्जा हटमा हरेक पिज्जामा ५० प्रतिशत छुट दिइएको थियो ।

अफरहरुमा धेरै ग्राहकहरु सहभागी भएको र सकारात्मक प्रतिक्रिया मिलेको उनीहरुले जनाएका छन् । ग्राहकहरुको माया र सद्भावका लागि देवयानी इन्टरनेसनल नेपाल प्रालिले धन्यवाद व्यक्त गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ ।

कान्तिपुर

Link copied successfully