सामसङ नेपालकाे वार्म विन्टर अफर

अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Samsung Nepal's Warm Winter Offer

काठमाडौँ — सामसङ नेपालले जाडो महिनालाई झन् सहज र आरामदायक बनाउन वार्म विन्टर अफर घोषणा गरेको छ।

नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा अफर लागु हुने कम्पनीले जनाएको छ। 

अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। 

ग्राहकहरूले सात केजीदेखि १२ वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।  

नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोरमार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरण एक्सचेन्ज गर्न सक्ने पनि कम्पनीले बताएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully