एफवान सफ्ट इन्टरनेसनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा यी कम्पनीहरूको संयुक्त योगदानमा यो सहयोग उपलब्ध गराइएको हाे ।
काठमाडौँ — एफवान सफ्ट ग्रुपले नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ७५ लाख सहयोग गरेको छ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनासम्बन्धी कार्यका लागि सरकारले स्थापना गरेको उक्त कोषमा एफवान सफ्टले सहयोग उपलब्ध गराएको हो।
एफवान सफ्ट इन्टरनेसनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा यी कम्पनीहरूको संयुक्त योगदानमा यो सहयोग उपलब्ध गराइएको ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘युवा नेपालीहरूद्वारा स्थापित र आज पनि सक्षम तथा ऊर्जाशील युवा जनशक्तिद्वारा सञ्चालन एफवान सफ्ट ग्रुपले देशप्रतिको दायित्व र जिम्मेवारीलाई गम्भीरतापूर्वक अनुभूत गर्दछ। एफवान सफ्ट ग्रुपका कर्मचारीहरू देशको भविष्यप्रति गहिरो सरोकार राख्ने युवाहरू हुन्। उनीहरूको जिम्मेवारीबोध, योगदान र सकारात्मक पहलबाट प्रेरित भई समूहले पुनर्निर्माणको यस यात्रामा राष्ट्रसँग दृढतापूर्वक हातेमालो गर्ने निर्णय गरेको हो,’ ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रको पुनर्निमाणको यात्रामा आफूहरूले जिम्मेवारीबोध महसुस गरेको एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले बताए । ‘नेपाल पुनर्निर्माणको यात्रामा हामी आशा, जिम्मेवारी र साझा उद्देश्यसहित एकताबद्ध छौं,’ उनले भने ।
