लोट्टे चोको पाई लक्की ड्र : ३ विजेतालाई पुरस्कार

'लक्की ड्र' का विजेता राजेन्द्र बाच्काई (कालिका किराना स्टोर) लाई सेरेस मिनी ईभी, दावा लामालाई यामाहा रे जेडआर स्कुटर र पुजा रायलाई आईफोन हस्तान्तरण गरेको हो ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

Lotte Choco Pie Lucky Draw: Prizes for 3 winners

काठमाडौँ — लोट्टे चोको पाई नेपालले   'लक्की ड्र' अभियानका विजेताहरूलाई  पुरस्कार वितरण गरेको छ । विश्वस्त उपभोक्ताप्रति खुशी र कदर व्यक्त गर्ने उद्देश्यले सुरु गरिएको अभियानको अन्त्यमा तीन भाग्यशाली विजेतालाई  सेरेस मिनी ईभी, यामाहा रे जेडआर स्कुटर र आईफोन वितरण गरेको हो । 

राजेन्द्र बाच्काई (कालिका किराना स्टोर) लाई सेरेस मिनी ईभी, दावा लामालाई यामाहा रे जेडआर स्कुटर र पुजा रायलाई आईफोन दिएको हो । बीजे  इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत  आदित्य मान प्रधानाङ्गले भने,'लोट्टे चोको पाईलाई नेपालको घर–घरमा पुर्‍याउन मद्दत गर्नुहुने समुदायप्रति कदर व्यक्त गर्न हामीले यो अभियान ल्याएका हौँ। हामी विजेताहरूलाई बधाई दिन पाउँदा खुसी छौँ, र सहभागिता जनाउने सबैलाई धन्यवाद दिन चाहन्छौँ।'

लोट्टे चोको पाईको ६-प्याक किन्नुहोस् र बक्सभित्रको फ्ल्यापमा रहेको क्यूआर ‍कोड स्क्यान गर्नुहोस्। खल्ती एपमार्फत स्क्यान गरेपछि तपाईं स्वचालित रूपमा लक्की ड्रमा सहभागी हुनेछ ।  एसएमएसमार्फत पनि सहभागी हुन सक्नेछ । क्यूआर कोडमुनि रहेको  युनिक कोडलाई सीएच स्पेस युनिक कोड लेखेर ३४००१ मा पठाउन सक्नेछ । लक्की ड्र अभियान २०२६ जनवरी १५ सम्म मान्य छ।

Lotte Choco Pie Lucky Draw: Prizes for 3 winners

कान्तिपुर

Link copied successfully