लिटमस इन्डस्ट्रिज लिमिटेडका एसोसियट उपाध्यक्ष सञ्जीव झा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरे ।
काठमाडौँ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपालको अग्रणी तार तथा केबल उत्पादक लिटमस केवल्स सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनरको रूपमा जोडिएको छ ।
मंगलबार काठमाडौंमा लिटमस इन्डस्ट्रिज लिमिटेडका एसोसियट उपाध्यक्ष सञ्जीव झा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले सम्झौता हस्ताक्षर गरे ।
सम्झौतापछि सुदूरपश्चिमका सीईओ खड्काले देशको अग्रणी ब्रान्ड लिटमससँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै यसले सुदूरपश्चिमको टिमसँग राम्रो सम्बन्ध जोड्ने माध्यम बन्ने बताए ।
यसैगरी, लिटमस इन्डस्ट्रिजका एसोसियट उपाध्यक्ष सञ्जीव झाले सुदूरपश्चिमसँगको सहकार्यले नेपालका प्रतिभाहरूलाई पहिचान गर्न र आगामी पुस्ताका खेलाडीलाई सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हामी हाम्रा उत्पादनलाई मात्र होइन, राष्ट्रिय गौरवलाई बढावा दिने कुरामा पनि समर्थन गर्छौं । त्यसै अनुरूप यो सम्झौता पनि हो ।’ सन् १९७७ मा स्थापित लिटमस इन्डस्ट्रिज २०१४ देखि रमेश कर्पको नेतृत्वमा सञ्चालन भइरहेकाे छ ।
