एनपीएलको ल्युब्रिकेन्ट पार्टनर एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स

एचपी ल्युब्रिकेन्ट्सले खेलाडी तथा उपभोक्ता दुवैमा जोस, प्रदर्शन र प्रेरणा जगाउने लक्ष्य राख्ने

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

NPL's lubricant partner MAW Petro Products

काठमाडौँ — नेपाल प्रिमियर लिग सिजन २ को आधिकारिक ल्युब्रिकेन्ट पार्टनरका रूपमा एमएडब्ल्यु पेट्रो प्रोडक्ट्ससँग क्यानले सम्झौता गरेको छ ।

सम्झौता पत्रमा त्रिवि क्रिकेट मैदानमा एमएडब्ल्यू इन्टरप्राइजेजका कार्यकारी निर्देशक अंकुर खनाल, महाप्रबन्धक प्रियदर्शी राय र  नेपाल क्रिकेट संघका सचिव पारस खड्काले हस्ताक्षर गरे ।

साझेदारीले प्रदर्शनका दुई शक्तिशाली क्षेत्र - क्रिकेट र इञ्जिन ल्युब्रिकेसन लाई एकसाथ ल्याएको छ। क्रिकेट निरन्तरता, धैर्य, शक्ति र सन्तुलनमा आधारित खेल हो, जुन एचपी ल्युब्रिकेन्ट्सको ब्रान्ड दर्शन  ' पावर टु पर्फम' सँग उत्तिकै मेल खान्छ।

एनपीएलले उदाउँदो प्रतिभालाई राष्ट्रिय स्तरमा देखाउने र देशभरका दर्शकलाई आकर्षित गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गर्नेछ । नेपालमा उच्च–गुणस्तरीय ल्युब्रिकेसन समाधानका लागि विश्वसनीय साझेदारका रूपमा, एचपी ल्युब्रिकेन्ट्सले खेलाडी तथा उपभोक्ता दुवैमा जोस, प्रदर्शन र प्रेरणा जगाउने लक्ष्य राख्ने जनाएको छ । 

कान्तिपुर

Link copied successfully