एनआईसी एशिया बैंकको नाममा रहेका बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउन आफ्नै लिलाम बिक्री पोर्टल सार्वजनिक गरेको छ ।
काठमाडौँ — एनआईसी एशिया बैंकको नाममा रहेका बैंकिङ सम्पत्तिहरु, गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउन आफ्नै लिलाम बिक्री पोर्टल सार्वजनिक गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण सूचनाहरूका बारेमा विस्तृत जानकारी समेटिएको छ ।
ग्राहकले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारी प्राप्त गर्न सक्नेछ ।
बैंकले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको सम्बन्धमा ग्राहकले खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्तिहरू र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू प्रकाशित गर्ने भएकाले ग्राहकले खरिद गर्न सक्नेछ ।
