एनपीएल सिजन-२ का हरेक चौकाबापत एनसेलले ४ वटा शैक्षिक सामग्री दिने

गत वर्ष एनपीएलका खेलमा कुल ६५३ चौका हानिएका थिए । त्यसबेला २६ सय १२ जना विद्यार्थीले शैक्षिक सामग्री पाएको थियो ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Ncell will provide 4 educational materials for every four players of NPL Season 2

काठमाडौँ — एनसेलले फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौकाबापत ४ वटा शैक्षिक सामग्री दिने भएको छ । एनसेलले सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई उक्त शैक्षिक सामग्री दिने भएको हो ।

गत वर्ष एनपीएलसँगको साझेदारीअन्तर्गत २६ सय १२ जना विद्यार्थी लाभान्वित भएको थियो । गत वर्ष एनपीएलका खेलमा कुल ६५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको कार्यक्रमले २६ सय १२ जनासहित देशभरका ९ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।

क्रिकेटदेखि कक्षाकोठासम्मको यो नवीन पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने विश्वास लिएको छ । 

विद्यार्थीहरुले पाउने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेस हुन्छन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।

कान्तिपुर

Link copied successfully