१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ ।
काठमाडौँ — डीपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले कोशी प्रदेशस्थित बिर्तामोडमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले ‘पर्फेक्ट’ बनेको इलेक्ट्रिक एसयूभी डीपल एस-०५ सार्वजनिक गरेको छ ।
नेपालमा सार्वजनिक भएको केही सातामै दुई सय युनिटभन्दा धेरै बिक्री भइसकेको डीपल एस-०५ ले अब पूर्वी नेपालको इभी बजारमा हलचल ल्याउने विक्रेताको अपेक्षा छ । डीपल एस-०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चाजिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ ।
डीपल एस०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ ।
‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किङ’को सुविधा छ जसले सााचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ ।
सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ । १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको डीपल एस-०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ ।
