खेलकुदमा नेपाटपको साथसाथै लुम्बिनी लायन्समा नयाँ ऊर्जा

लुम्बिनी लायन्सका अध्यक्ष र नेपाटपका अध्यक्षले सम्झौताले टोलीलाई हौसला दिने र खेलकुदमा व्यवसायिक क्षेत्रको सहभागिता बढाउने बताए।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Along with Nepatap in sports, new energy in Lumbini Lions

काठमाडौँ — नेपाटप अर्गनाईजेशन दोस्रो नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्ससँग जोडिएको छ । नेपाटप अर्गनाईजेशनका अध्यक्ष दीपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले सहमतिपत्रमा हस्ताक्षर गरे हुन् । 

सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाटप जस्तो प्रतिष्ठित ब्राण्डसागको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने एवं खेलकुदमा निजी एवं व्यावसायिक क्षेत्रको प्रवेशमा अझ फराकिलो आधार तयार गर्ने बताए । 

नेपाटप अर्गनाइजेसनका अध्यक्ष दिपक श्रेष्ठले पछिल्लो समय सबै पुस्तामा लोकप्रिय रहेको क्रिकेट खेलको विकासमा बुद्धभुमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिएको बताए । खेलकुद प्रर्वद्धनमार्फत समाजलाई एकताको सकारात्मक सन्देश दिने एवं स्थानीय युवाहरुको प्रतिभा प्रष्फुटन गराउने कार्यमा कम्पनीको सदैव साथ रहने समेत उनले बताए ।

खेलकुदमा जोडिएको नेपाटप वाटर टैंक, पीपीआर पाइप तथा फिटिङस् , यूपीभीसी पाइप तथा फिटिङस्, सीपीभीसी पाइप तथा फिटिङस्, यूपीभीसी झ्याल ढोका, एचडीपीई पाइप, डीडब्ल्यु, सीपाइप स्टेनलेस स्टिल पाएप, स्टेनलेस स्टिल टैंक लगायतका विभिन्न निर्माण सामग्री उत्पादन तथा पानी तान्ने पम्प, ग्यास गिजर, इलेक्ट्रिक गिजर लगायतका सामग्री बिक्री गरिरहेको छ ।

कान्तिपुर

Link copied successfully