उद्घाटनको अवसरमा कम्पनीले १० मंसिरसम्म सबै कोटीका उत्पादनमा ‘फ्ल्याट’ १० प्रतिशत छुट तथा प्रत्येक खरिदमा २० मिलिलिटरको टाइटन स्किन परफ्युम उपहारमा दिने घोषणा गरेको छ ।
What you should know
पोखरा — घडी निर्माता टाइटन कम्पनी लिमिटेडले पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलमा आफ्नो ११ औं स्टोर सोमबारदेखि सञ्चालनमा ल्याएको छ । एक हजारभन्दा बढी मोडेल समेटिएको विस्तृत संग्रहसहितको स्टोरलाई कम्पनीले नेपाली उपभोक्ताका रुचि र मागअनुसार पोखरा सञ्चालनमा ल्याएको जनाएको छ ।
स्टोरको उद्घाटन टाइटन कम्पनी लिमिटेडका इन्टरनेसनल अपरेसनका बिजनेस म्यानेजर बसन्त वासुदेवन, नेपालका लागि टाइटनका अधिकृत वितरक नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनिलकुमार अग्रवाल र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गरे ।
वासुदेवनले स्मार्टवाचदेखि क्लासिक क्वार्ट्ज र अटोमेटिक मोडेलसम्मका नवीनतम घडी कलेक्सन अब नेपालकै उपभोक्ताले सहजै पाउने बताए । उनका अनुसार नेपाली घडीप्रेमीका हातमा टाइटनका उत्कृष्ट डिजाइन र प्रिमियम मोडेल पुर्याउनु कम्पनीको लक्ष्य छ ।
नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनिलकुमार अग्रवालले नयाँ स्टोरमा अल्ट्रा–स्लिम टाइटन एज, महिलामुखी टाइटन रागका गहना घडी, टाइटन स्टेलरका आकाशीय ‘थिम’मा आधारित डिजाइनदेखि युवामुखी फेसन लाइन फास्ट्र्याकसम्म विभिन्न कोटीका घडी उपलब्ध रहेको बताए । ३ हजार ५ सय रुपैयाँदेखि सुरु हुने मूल्यका घडीसँगै टाइटन र फास्ट्र्याकका स्मार्टवाच, परफ्युम तथा सनग्लास पनि स्टोरमा राखिएको छ ।
उद्घाटनको अवसरमा कम्पनीले १० मंसिरसम्म सबै कोटीका उत्पादनमा ‘फ्ल्याट’ १० प्रतिशत छुट तथा प्रत्येक खरिदमा २० मिलिलिटरको टाइटन स्किन परफ्युम उपहारमा दिने घोषणा गरेको छ । स्टोर पोखरा ट्रेड मलको भुइँतलामा सञ्चालनमा छ ।
सन् १९८४ मा स्थापना भएको टाइटन कम्पनी लिमिटेडले वार्षिक १.५ करोडभन्दा बढी घडी उत्पादन गर्छ । करिब २० करोड ग्राहक आधार र २५ देशका ११ हजारभन्दा बढी बिक्री बिन्दुसहित कम्पनी विश्वकै प्रमुख घडी निर्माता मध्ये पर्छ । विश्वकै सबैभन्दा पातलो घडी ‘टाइटन एज’ को डिजाइनका लागि कम्पनीले प्रतिष्ठित रेड डट डिजाइन अवार्ड पनि जितिसकेको छ ।
विसं २०५६ मा स्थापना भएको नेपाल ट्रेड नेटवर्कले नाडी घडी, भित्तेघडी, बत्ती तथा अन्य इलेक्ट्रोनिक सामानको आयात र वितरणमार्फत व्यापारिक यात्रा सुरु गरेको थियो । सन् २००५ देखि कम्पनीले टाइटनसँग साझेदारी गर्दै टाइटनका उत्पादनहरू नेपालभर वितरण गर्दै आएको छ । २१ वर्षदेखि निरन्तर रहेको साझेदारीलाई दुवै कम्पनीले विश्वास र ग्राहकसमर्थनकै कारण सम्भव भएको बताएका छन् ।
