रोयल एनफिल्डको मेटिओर ३५० नेपालमा

रोयल एनफिल्डको मेटिओर ३५० सीसी क्रूजर मोटरसाइकल नेपालका लामो दूरीका बाइकप्रेमीको प्रमुख रोजाइ बन्दै आएको कम्पनीको दाबी छ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Royal Enfield Meteor 350 in Nepal

What you should know

काठमाडौँ — रोयल एनफिल्डले नयाँ मेटिओर ३५० लाइनअप नेपालमा सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक यात्रादेखि घुमाउरा राजमार्ग हुँदै सहज तथा आरामदायी सफरसम्मका लागि डिजाइन गरिएको मेटिओर ३५० सार्वजनिक गरिएको हो।

क्रूजर डिजाइन, व्यक्तित्व, स्मूथ प्रदर्शन र रिल्याक्स्ड राइडिङ पोजिसनका कारण मध्यम आकारका क्रूजर मोटरसाइकल सेग्मेन्टमा निरन्तर नयाँ मापदण्ड स्थापित गर्दै आएको कम्पनीले जनाएको छ।

लोकप्रिय ३४९ सिसी एयर–कुल्ड जे–सिरिज इन्जिनद्वारा सञ्चालन हुने नयाँ २०२५ मेटिओर ३५० ले अधिकतम २०.२ बीएचपी ६१०० आरपीएममा र २७ एनएम टर्क ४००० आरपीएममा दिनेछ। रिफ्रेस गरिएको यो रेंज अहिले थप आकर्षक सुविधासहित बजारमा आएको छ।

अब सबै भेरियन्टमा एलईडी हेडलाम्प मानक सुविधाका रूपमा उपलब्ध भएकाले यो ३५० सिसी क्रूजर मोटरसाइकल नेपालका लामो दूरीका बाइकप्रेमीको प्रमुख रोजाइ बन्दै आएको कम्पनीको दाबी छ।

मेटिओर ३५० केवल मोटरसाइकल नभई सहज यात्राको जीवनशैली र खुलेआम सडक अनुभवको प्रतीक भएको कम्पनीले जनाएको छ। ग्राहकले आकर्षक मूल्यमा उपलब्ध नयाँ २०२५ मेटिओर ३५० नजिकको रोयल एनफिल्ड शोरूम, रोयल एनफिल्ड एप वा कम्पनीको वेबसाइटमार्फत अवलोकन तथा अर्डर गर्न सक्नेछन्।

फायरबलको मूल्य ५ लाख ७७ हजार, स्टेलरको ५ लाख ८७ हजार, अरोराको ५ लाख ९१ हजार ९ सय र सुपरनोभाको ५ लाख ९७ हजार रुपैयाँ तोकिएको छ।

रोयल एनफिल्डले अब आफ्ना सबै मोटरसाइकलमा ७ वर्षसम्मको विस्तारित वारेन्टी तथा रोडसाइड असिस्टेन्स उपलब्ध गराउने भएको छ। यो योजनाअन्तर्गत मानक ३ वर्ष/३० हजार किलोमिटरको वारेन्टीभन्दा थप ४ वर्ष वा ४० हजार किलोमिटर (जे पहिले पुग्छ) सम्म अतिरिक्त सुरक्षा पाइने कम्पनीले जनाएको छ।

कान्तिपुर

Link copied successfully