फेदीखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने

आईपीओ निष्कासनका लागि फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले एनएमबी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Fedikhola Hydropower to issue IPO

काठमाडौँ — फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्कासन (आईपी)  गर्ने भएको छ । आईपीओ निष्कासनका लागि फेदीखोलाले एनएमबी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौतापत्रमा फेदीखोला हाइड्रोपावरको प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरे ।

कुल ८० करोड रुपैयाँ जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख बराबरको प्रति अंकित मूल्य   एक सय रुपैयाँका दरले१७ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा नेपाली, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीसहित  सर्वसाधारणका लागि जारी गर्न लागिएको हो ।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माणाधिन ४.३ फेदी (थुमलुङ्ग) जलविद्युत् आयोजनाको कुल लागत  ९४ करोड रुपैयाँ छ । करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको आयोजना आगामी माघ भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully