मर्क्युर काठमाडौंको  केक मिक्सिङ समारोह 

केक मिक्सिङ समारोहलाई एकता र चाडपर्वप्रतिको उत्सुकताको प्रतीक मानिन्छ

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Cake mixing ceremony at Mercure Kathmandu

काठमाडौँ — मर्क्युर काठमाडौंले पहिलोपटक आफ्नो रूफटपमा भव्य केक मिक्सिङ समारोह आयोजना गर्दै क्रिसमस तथा चाडपर्वको सुरुवात गरेको छ। काठमाडौंको मनोरम दृश्यबीच अतिथि, साझेदार र कर्मचारीहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरेको विज्ञप्तिमा लेखिएको छ ।

केक मिक्सिङ समारोहलाई एकता र चाडपर्वप्रतिको उत्सुकताको प्रतीक मानिन्छ ।सहभागीहरूले सुकाएको फलफूल, बदाम र मसला मिसाएर समारोहमा सहभागिता जनाएका थिए ।

‘यो उत्सव परिवार, एकता र साझा भावनाबारे हो,’मर्क्युर काठमाडौंका महाप्रबन्धक अभिषेक पस्रीचाले भने, ‘हामी यस्तो वातावरण सिर्जना गर्न चाहन्छौं जहाँ हाम्रा पाहुनाहरूले घरजस्तै आत्मीयता र चाडपर्वको आनन्द अनुभव गर्न सकून्।’

यस कार्यक्रममा मर्क्युर काठमाडौंले सांस्कृतिक विविधता, आत्मीय आतिथ्य र स्थानीय सौन्दर्यसँग मिसिएको आधुनिक सुविधा प्रति आफ्नो प्रतिबद्धता पनि प्रदर्शन गर्‍यो।

अक्कोर समूहअन्तर्गत विश्वप्रसिद्ध होटल चेन मर्क्युर काठमाडौंले उपत्यकाको आतिथ्य क्षेत्रमा नयाँ स्तर स्थापित गर्दै आएको छ । जसले प्रत्येक पर्वलाई आत्मीयता, खुसी र एकताको भावनासहित मनाउने लक्ष्य लिएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully