यो ट्रू–वायरलेस इयरबड्सले फ्ल्यागशिप स्तरका सुविधाहरूलाई अझ विस्तृत प्रयोगकर्तासम्म पुर्याउने कम्पनीको दाबी छ ।
काठमाडौँ — सामसङ नेपालले ग्यालेक्सी बड्स३ एफई आगमनको घोषणा गरेको छ ।
यो ट्रू–वायरलेस इयरबड्सले फ्ल्यागशिप स्तरका सुविधाहरूलाई अझ विस्तृत प्रयोगकर्तासम्म पुर्याउने कम्पनीको दाबी छ । नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक ‘ब्लेड’ डिजाइनसहित बड्स३ एफईले ग्यालेक्सी इकोसिस्टमअन्तर्गत अडियो नवप्रवर्तनको नयाँ युगको सुरुवात गरेको कम्पनीको भनाइ छ । यो उपकरण सामसुङ स्टोरमा १९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन डिजाइन गरिएका बड्स३ एफईले अटो स्विच समर्थन गर्ने पनि कम्पनीले बताएको छ । जसले ग्यालेक्सी उपकरणहरूबीच छिटो रूपान्तरण गर्न अनुमति दिन्छ ।
