अस्ट्रेलिया–न्युजिल्यान्ड अध्ययन मेलाशुक्रबार

अस्ट्रेलिया र न्युजिल्यान्डमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि केआईईसीले यही शुक्रबार शिक्षा मेला आयोजना गर्दैछ ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Australia-New Zealand Study Fair Friday

What you should know

काठमाडौँ — अस्ट्रेलिया र न्युजिल्यान्डमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि केआईईसी (केआईईसी) ले  शिक्षा मेला आयोजना गर्ने भएको छ।

'अस्ट्रेलिया र न्युजिल्यान्ड शिक्षा मेला २०२५' नाम दिइएको मेला यही  नोभेम्बर १४ अर्थात् शुक्रबार केआईईसी एभिन्यु, लालुपाते मार्ग, पुतलीसडकमा हुनेछ ।

करिब दुई दशकदेखि नेपाली विद्यार्थीलाई विदेश अध्ययनमा मार्गदर्शन गर्दै आएको केआईईसीले मेलामार्फत अस्ट्रेलिया र न्युजिल्यान्डका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष संवादको अवसर उपलब्ध गराउने जनाएको छ ।

मेलामा विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता र रुचिअनुसार उपयुक्त कोर्सबारे परामर्श लिन, शुल्क संरचना, छात्रवृत्ति, बसोबास र पार्ट–टाइम कामका अवसरबारे जानकारी पाउनेछन् ।

अस्ट्रेलिया र न्युजिल्यान्ड पछिल्ला वर्षमा नेपाली विद्यार्थीका लागि आकर्षक शैक्षिक गन्तव्य बनेका छन् । सुरक्षित वातावरण, पढाइ–कामको सन्तुलन, विविध पाठ्यक्रम र करिअर सम्भावनाका कारण यी देशप्रति विद्यार्थीको आकर्षण बढ्दो क्रममा छ।

गत वर्ष आयोजित मेला सफलतापूर्वक सम्पन्न भएको केआईईसीले जनाएको छ। सयौँ विद्यार्थीको सहभागिता र विश्वविद्यालय प्रतिनिधिहरूको सकारात्मक प्रतिक्रियाले मेलाको प्रभावकारिता पुष्टि गरेको आयोजकको भनाइ छ। यस वर्ष पनि सयौँ विद्यार्थीलाई समेट्ने लक्ष्य राखिएको छ।

मेलामा आईईएलटीएस  तयारी र आवश्यक स्कोरबारे मार्गदर्शन, कोर्स तथा विश्वविद्यालय चयन, कागजात तयारी (डकुमेन्टेसन), उद्देश्य पत्र (एसओपी/जीएस) लेखन, भिसा नीति र हालसालै भएका परिवर्तनबारे जानकारी एकै ठाउँमा पाउन सकिनेछ। विद्यार्थीहरूले आफ्नो जिज्ञासा र भ्रम प्रत्यक्ष रूपमा विशेषज्ञ काउन्सेलर तथा विश्वविद्यालय प्रतिनिधिसँग राख्न सक्ने केआईईसीले जनाएको छ।

मेला अष्ट्रेलिया वा न्युजिल्यान्डमा स्नातक, स्नातकोत्तर वा अन्य कोर्स अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरिएको छ। आयोजकले इच्छुक सहभागीलाई मेला अवधिभर निःशुल्क परामर्श सुविधा उपलब्ध हुने जानकारी दिँदै समयमै उपस्थित भई आफ्नो भविष्यबारे सूचित निर्णय लिन आग्रह गरेको छ।

कान्तिपुर

Link copied successfully