साधारणसभामा फोनपेका सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।
काठमाडौँ — फोनपे पेमेन्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले २०८१/८२ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षक प्रतिवेदन तथा विभिन्न प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
साधारणसभामा फोनपेका सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ । यसैगरी स्वतन्त्र सञ्चालकमा पुनः श्री सशीन जोशीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । विशेष प्रस्तावअनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई सेयर निष्कासन गर्नेसमेत निर्णय भएको थियो ।
