इटहरीको केन्द्रमा अवस्थित नयाँ सोरूमले डोंगफेङ र सेरेसका नवीनतम ईभी मोडेलहरूको इमर्सिभ अनुभव प्रदान गर्नेछ।
काठमाडौँ — डोंगफेङ नामीको आधिकिरक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले श्रीजना मोटर्ससँग सहकार्य गर्दै इटहरीमा आफ्नो नयाँ अत्याधुनिक सोरूम सञ्चालनमा ल्याएको छ ।
नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्त्वपूर्ण उपलब्धि रहेको कम्पनीले जनाएको छ । इटहरीको केन्द्रमा अवस्थित नयाँ सोरूमले डोंगफेङ र सेरेसका नवीनतम ईभी मोडेलहरूको इमर्सिभ अनुभव प्रदान गर्नेछ।
सोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले कार्तिक २४ देखि २६ गतेसम्म इटहरी, राजस्व ढाँटमा अवस्थित श्रीजना मोटर्समा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि आयोजना गरेको छ । ग्राहकले नामी ०१, नामी भिगो तथा सेरेस ईभी खरीद वा एक्सचेन्ज गर्न सक्नेछन्।
नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस ३ अधिकतम ६ लाख रुपैयाँसम्मको छुट हुनेछ। ग्राहकहरूले उत्कृष्ट मूल्यांकन र एक्सचेन्ज बोनस प्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि पाउनेछन्।
