बोस्च पावर टुल्सको दराज ११.११ अफर : १५ प्रतिशतसम्म छुट

अफर नोभेम्बर ११ देखि दराजमा मात्र लागू हुनेछ ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Bosch Power Tools Daraz 11.11 Offer: Up to 15 percent off

काठमाडौँ — प्रविधि कम्पनी बोस्चको पावर टुल्सले दराज नेपालको ११:११ अभियानमा सहभागी हुँदै १५ प्रतिशतसम्म छुटको अफर ल्याएको छ।

नेपालका लागि आधिकारिक वितरक इन्फ्राटेकमार्फत उपलब्ध यस अफरअन्तर्गत ग्राहकहरूले पेशेवर र गृह निर्माणका लागि उच्च गुणस्तरका उपकरण किन्न सक्नेछन्।

अभियानअन्तर्गत रु २२ हजार ९ सय मूल्यको प्रेसर वाशर ‘फास्टेस्ट फिंगर फर्स्ट’ अफरमा केवल रु ११ मा उपलब्ध हुनेछ। बोस्च जीडब्ल्यूएस ६०० एंगल ग्राइन्डर, जीएसबी ४५०  इम्प्याक्ट ड्रिल, जीबीएच २-२३ आरइए रोटरी ह्यामर, जीएलएम ४०  लेजर रेंजफाइन्डरलगायतका उपकरणमा छुट प्रदान गरिएको कम्पनीले जनाएको छ।

बोस्च पावर टुल्स २०७३ देखि इन्फ्राटेकमार्फत नेपालमा वितरण हुँदै आएको हो। देशभर १०० भन्दा बढी उप–वितरकसहित एक वर्षको वारेन्टी र सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ। अफर नोभेम्बर ११ देखि दराजमा मात्र लागू हुनेछ।

कान्तिपुर

Link copied successfully