वर्ल्डलिङ्कको वाईफाई-सिक्स जी प्रविधि सार्वजनिक गर्ने क्रममा खेलकुद क्षेत्रप्रति कम्पनीको प्रतिबद्धता देखाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को टोली काठमाडौँ गोर्खाजलाई विशेष सम्मान गरेको थियो ।
काठमाडौँ — काठमाडौँ गोर्खाज वर्ल्डलिङ्कले ‘टाइटल पार्टनर’का रूपमा समर्थन गरेको टोली पनि हो ।
उक्त सम्मान समारोहमा काठमाडौँ गोर्खाजका हेड कोच मोन्टी देसाई, व्यवस्थापन प्रतिनिधिहरू अनुभव स्वार सिरोहिया, सुरज सिंह ठाकुरी लगायत उपस्थित थिए । उनीहरूलाई वर्ल्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले स्मृतिचिन्ह (मेमेन्टो) प्रदान गरे । सीईओ नेपालले कम्पनीको प्रविधि नेतृत्वसँगै खेलकुद र समुदायमा सक्रिय सहभागिताका लागि निरन्तर प्रतिबद्धता व्यक्त गरे ।
