११:११ उत्सवको अवसरमा यो विशेष अफर मंगलबार एक दिनका लागि सञ्चालन हुने एनसेलले जनाएको छ ।
काठमाडौँ — एनसेलले ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत नोभेम्बर ११, मंगलबारको दिन एनसेल एपमार्फत २ सय वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जनाले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
११:११ उत्सवको अवसरमा मंगलबार एक दिनका लागि सञ्चालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकहरूलाई पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११:११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ ।
एनसेल एपमार्फत ग्राहकहरूले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवाहरु हेर्न, रोमिङसहितका सेवा सक्रिय/निष्क्रिय गर्न, र गिफ्टका रूपमा सेवाका विभिन्न प्याकहरु पठाउन सक्छन् ।
११:११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको रूपमा विकसित भइसकेको ट्रेन्ड हो । ठूलो परिमाणका सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटहरूले गर्दा उपभोक्ताहरूमा ११:११ को आकर्षण बढ्दो रहेको छ ।
