बजाज चेतक ईभीको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’  

क्याम्प यही २३ कात्तिकदेखि २८ सम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म बाइकर्स क्याफे, नक्सालमा सञ्चालन हुने कम्पनीको भनाइ छ ।

कार्तिक २३, २०८२

कान्तिपुर संवाददाता

Bajaj Chetak EV's 'Old to Bold Exchange Camp'

काठमाडौँ — बजाज चेतक नेपालले आफ्नो ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ घोषणा गरेको छ ।

यो विशेष कार्यक्रम ग्राहकहरूलाई आफ्ना पुराना दुईपांग्रे सवारी साधन बोल्ड, इलेक्ट्रिक चेतक ईभीमा अपग्रेड गर्न आमन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ । 

क्याम्प यही २३ कात्तिकदेखि २८ सम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म बाइकर्स क्याफे, नक्सालमा सञ्चालन हुने कम्पनीको भनाइ छ ।

‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ मा सहभागीहरूलाई पुराना दुईपांग्रे सवारी साधन उच्चतम मूल्यांकन, फ्री एक्सेसरिजÞ, नागरिकताकै भरमा अन–द–स्पट फाइनान्सिङ र प्रत्येक टेस्ट राइडमा फ्री कफी जस्ता सुविधा प्रदान गरिनेछन् । ग्राहकको अनुभवलाई थप रमाइलो बनाउन नयाँ चेतकको खरिदमा बाइकर्स क्याफेमा कपल्स लन्च पनि प्राप्त गर्नेछन् ।

‘यस पहलमार्फत, बजाज चेतकले परम्परागत दुईपांग्रे इलेक्ट्रिक मोबिलिटीमा सजिलो, रोमाञ्चक र लाभदायी रूपान्तरण सुनिश्चित गर्न चाहन्छ । चेतक ईभीले सदाबहार डिजाइन र आधुनिक प्रविधिको संयोजन गर्दै पर्फर्मेन्स, स्टाइल र दिगोपनको उत्कृष्ट मिश्रण प्रदान गर्दछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ केवल एक्सचेन्ज कार्यक्रम मात्र नभई यो स्मार्ट मोबिलिटी अपनाउने अवसर पनि रहेको कम्पनीको दाबी छ ।

‘चेतक ईभीले नवप्रवर्तन, विश्वसनीयता र आधुनिक राइडरको बोल्ड भावना प्रस्तुत गर्दछ, जुन नेपालका बदलिँदै गरेका सडकका लागि उपयुक्त छ,’ कार्यक्रमबारे टिप्पणी गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने ।   

कान्तिपुर संवाददाता

Link copied successfully