सामसङको नेपालमा ग्यालेक्सी एम१७ फाइभजी सार्वजनिक

४ जीबी र ६ जीबी र्‍याम भएका दुई संस्करणमा उपलब्ध यो मोडेलको मूल्य क्रमशः २५ हजार ९९९ र २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Samsung launches Galaxy M17 5G in Nepal

काठमाडौँ — सामसङले आफ्नो लोकप्रिय ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ मोबाइल ग्यालेक्सी एम१७ फाइभजी नेपाली बजारमा ल्याएको छ।

मोडेलले आफ्नो वर्गमै पहिलोपटक अप्टिकल इमेज स्थिरीकरण अर्थात् ‘नो–शेक क्यामेरा’ सुविधा दिएको कम्पनीले जनाएको छ। कृत्रिम बुद्धिमत्ताद्वारा सञ्चालित यस फोनमा गूगलसँग खोज गर्ने वृत बनाउने र वास्तविक समय सहयोग जस्ता फिचरहरू समावेश छन्।

६.७ इन्चको फूल एचडी प्लस सुपर एमोलेड पर्दा, कोर्निङ गोरीला ग्लास भिक्टस सुरक्षा र धूलो–पानी प्रतिरोधका लागि आईपी५४ प्रमाणसहितको यो मोबाइलमा एक्सिनस १३३० चिपसेट प्रयोग गरिएको छ। ४ जीबी र ६ जीबी र्याम भएका दुई संस्करणमा उपलब्ध यो मोडेलको मूल्य क्रमशः २५ हजार ९९९ र २७ हजार ९९९ रुपैयाँ तोकिएको छ।

ग्यालेक्सी एम१७ फाइभजी देशभरका सामसङ अधिकृत बिक्री केन्द्र र अनलाइन प्लेटफर्महरूमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

कान्तिपुर

Link copied successfully