नयाँ शोरूमले एकै स्थानमा बिक्री, सेवा र वास्तविक स्पेयर पार्ट्ससहितको पूर्ण इलेक्ट्रिक वाहन स्वामित्व अनुभव प्रदान गर्ने बताइएको छ ।
काठमाडौँ — जगदम्बा मोटर्सअन्तर्गतको नेपालकै प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले नारायणघाट, चितवनमा नयाँ ३एस शोरूम (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) औपचारिक रूपमा उद्घाटन गरेको छ ।
नयाँ सोरूम उद्घाटनले ब्रान्डको स्वच्छ र आधुनिक यातायात समाधान विस्तार गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
नयाँ शोरूमले एकै स्थानमा बिक्री, सेवा र वास्तविक स्पेयर पार्ट्स सहितको पूर्ण इलेक्ट्रिक वाहन स्वामित्व अनुभव प्रदान गर्ने बताइएको छ ।
यसले प्रोटोन ईमासको नेपालका ग्राहकहरूलाई सहज, भरपर्दो र सन्तोषजनक विद्युतीय यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई झल्काएको छ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले यस अवसरमा भने, 'नारायणघाट शोरूम हाम्रो प्रयासको परिणाम हो, जसले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहकको नजिक ल्याउँछ। चितवनको तीव्र विकसित शहरी परिवेश र वातावरणप्रति सचेत ग्राहकहरूले यो स्थानलाई विद्युतीय यातायातको केन्द्र बनाउने विश्वास हामीले लिएका छौं।'
नारायणघाट शाखा थपिएसँगै, प्रोटोन ईमासले नेपालभर आफ्नो सञ्जाललाई अझ सुदृढ बनाएको छ र विद्युतीय यात्राको भविष्य निर्माण गर्ने आफ्नो प्रतिबद्धता जारी राखेको छ।
