डिजाइन, प्रदर्शन र टिकाउपनको उत्कृष्ट संयोजनसहितको भिभो वाई ४०० भिभोको आधिकारिक स्टोर र दराज अनलाइन प्लेटफर्ममा उपलब्ध छ ।
काठमाडौँ — स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ वाई सिरिज अन्तर्गतको शक्तिशाली मोडल भिभो वाई ४०० सार्वजनिक गरेको छ । शैली, मनोरञ्जन, टिकाउपन र स्मार्ट प्रदर्शन चाहने प्रयोगकर्ताका लागि तयार गरिएको उक्त फोन स्मार्टफोन मात्र नभई सर्वगुण सम्पन्न साथी रहेको कम्पनीले जनाएको छ ।
७.९ एमएम मेटालिक फ्रेम र अत्यन्तै पातलो बेजलहरू सहित, यसमा ३७ प्रतिशतसम्म पातलो डिस्प्ले डिजाइन समावेश गरिएको उक्त फोनको मूल्य ३६ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोनको कुशन–कट डायमन्ड क्यामेरा डिजाइनले यसको प्रिमियम आकर्षणलाई अझ मजबुत बनाएको छ।
६.६७ इन्च १२० हर्ज एएमोलेड डिस्प्लेले रंगीन र स्पष्ट दृश्य प्रदान गर्छ भने डुअल स्टेरियो स्पिकरले ४०० प्रतिशतसम्म ध्वनि वृद्धि गरेर सिनेमाजस्तो अनुभव दिनेछ ।
५० एमपी सोनी आई एम एक्स ८५२ मुख्य क्यामेरा, ८ एमपी फ्रन्ट क्यामेरा र २ एमपी बोके क्यामेरा सहित, यो फोनले उत्कृष्ट तस्बिरहरू खिच्न सक्षम बनाउने कम्पनीले जनाएको छ ।
डिजाइन, प्रदर्शन र टिकाउपनको उत्कृष्ट संयोजनसहितको भिभो वाई ४०० भिभोको आधिकारिक स्टोरहरू र दराज अनलाइन प्लेटफर्ममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
