प्रिमियम एआई-सञ्चालित सुविधासहितको ग्यालेक्सी एस२५ एफ फोन ९९ हजार ९ सय ९९ रुपैयाँमा पाइनेछ ।
काठमाडौँ — सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ। यो फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ ।
क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई प्रिमियम परफर्मेन्स र ग्यालेक्सी इकोसिस्टमसँग निर्बाध एकीकरण गरिएको छ ।
प्रिमियम एआई-सञ्चालित सुविधाहरू ८ जीबी २५६ जीबीको ९९ हजार ९ सय ९९ रुपैयाँमा पाइनेछ ।
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित ग्यालेक्सी एस२५ एफइले भोइस, टच र भिजुवल अन्तर्क्रिया मार्फत सहज र सरल अनुभव प्रदान गर्नेछ ।
४५ वाटको फास्ट चार्जिङ र एफिसिएन्ट कुलिङ्गको लागि भेपर चेमबरको साथ ४,९०० एमएएच ब्याट्रीद्वारा सञ्चालित, यसले स्ट्रिमिङ, मल्टिटास्किङ र क्रिएटिभ कार्यको लागि सहज हुनेछ । १२० एचजेड रिफ्रेस दरको साथ ६.७ इन्चको डायनामिक एमोलेड २X डिस्प्लेले आश्चर्यजनक भिजुअल्स प्रदान गर्छ।
