भौतिक पुनर्निर्माण कोषमा नेसनल लाइफको १ करोड र एनएलजीको २५ लाख सहयोग  

भौतिक तथा पुनर्निर्माण कोषमा ७ करोड ५१ लख ६० हजार ४ सय ३९ रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

National Life contributes Rs 10 million and NLG contributes Rs 2.5 million to the Physical Reconstruction Fund

काठमाडौँ — नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड रुपैयाँ सहयोग गरेको छ । 

मंगलबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उक्त रकम अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । 

यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अर्थमन्त्री खनाललाई हस्तान्तरण गरेका हुन् । 

उल्लिखित रकमसहित भौतिक तथा पुनर्निर्माण कोषमा ७ करोड ५१ लख ६० हजार ४ सय ३९ रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

National Life contributes Rs 10 million and NLG contributes Rs 2.5 million to the Physical Reconstruction Fund

कान्तिपुर

Link copied successfully