भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’डेडिकेटेड सर्भिस सेन्टर  

काठमाडौं उपत्यकामा बढ्दो एक्सप्रेस–टीको प्रयोग र ग्राहकको सहजतामाथि केन्द्रित हुँदै सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर सुरु गरेको बताएको छ ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

'Express-T' dedicated service center in Bhaktapur too

काठमाडौँ — टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’का ग्राहकका लागि भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

काठमाडौं उपत्यकामा बढ्दो एक्सप्रेस–टीको प्रयोग र ग्राहकको सहजतामाथि केन्द्रित हुँदै सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर सुरु गरेको बताएको छ ।  

अब बालकुमारी र गोंगबुमा रहेका सर्भिस सेन्टरसँगै एक्सप्रेस टीका ग्राहकहरुले यताबाट पनि आफ्नो गाडीको सर्भिसिङ गर्न सक्ने भएका छन्। यस सर्भिस सेन्टरमा एक्सप्रेस–टीका लागि अत्याधुनिक उपकरणसहितको सर्भिस सुविधा उपलब्ध गराइएको छ। साथै, फास्ट चार्जिङ स्टेशनको समेत व्यवस्था गरिएको छ, जसले चालक तथा सञ्चालकहरूलाई थप सहजता प्रदान गर्नेछ।

सिप्रदी ट्रेडिङका अनुसार, हाल बालकुमारी, गोंगबु र भक्तपुरमा ‘एक्सप्रेस–टीका लागि डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा छन्। त्यस्तै, बालकुमारी, एकान्तकुना, टिकाथली, बनस्थली, सानेपा, गुह्येश्वरी, भक्तपुर, गोंगबु, कपन, खाडीचौर र दुधौली क्षेत्रमा फास्ट चार्जिङ स्टेशनहरू पनि सञ्चालनमा छन्, जसले विद्युतीय ट्याक्सी सञ्चालनलाई अझ सुलभ र प्रभावकारी बनाएको छ।

कम्पनीले ग्राहकलाई नजिकबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले देशभर सेवा सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत भक्तपुर सर्भिस सेन्टर थप गरिएको जनाएको छ। कम्पनीका अनुसार, यो सर्भिस सेन्टरमार्फत सर्भिसिङ र चार्जिङ दुबै सुविधा एकै स्थानमा उपलब्ध हुने भएकाले ग्राहकले समय, ऊर्जा र खर्चमा समेत बचत गर्न सक्नेछन्।

कान्तिपुर संवाददाता

Link copied successfully