उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित इभी ब्रान्ड आयनले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको कम्पनीको दाबी छ।
काठमाडौँ — आयन भीले हालै यूरो एनक्याप टेस्ट २०२५ मा फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जुन अटोमोबाइलहरूका लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरूमध्ये एक रहेको कम्पनीले जनाएको छ ।
यो मान्यताले आयनको उच्च स्तरको सुरक्षा पनि प्रदान गर्ने गाडीहरू निर्माण गर्ने प्रतिबद्धतालाई दर्साउँछ।
उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित इभी ब्रान्ड आयनले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको कम्पनीको दाबी छ। एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ आयन निकै प्रचलित बनेको उसको भनाइ छ।
नेपालमा सीजी मोटर्सले आधिकारिक विक्रेताका रुपमा नेपाली ग्राहकलाई आयन भी र आयन वाई जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभी प्रस्तुत गर्दै आएको छ । भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै आयन भी सुरक्षामा पनि उत्कृष्ट छ।
ऋायन भीमा उन्नत बडी स्ट्रक्चर, मल्टी-सेन्सर कोलिजन डिटेक्सन र एआई-सञ्चालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषता छन्, जसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्ने कम्पनीले जनाएको छ ।
