सामसङ नेपालद्वारा ‘शार्क ट्यांक नेपाल’ का शार्कलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रस्तुत

कम्पनीका अनुसार 'ग्यालेक्सी जेड फोल्ड ७' ले फराकिलो डिस्प्ले र मल्टिटास्किङ क्षमतामार्फत उत्पादकतालाई नयाँ स्तरमा पुर्‍याउँछ र फोल्डेबल प्रविधिलाई झन् आकर्षक बनाएको छ ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Samsung Nepal presents Galaxy Z Fold 7 to Sharks of ‘Shark Tank Nepal’

काठमाडौँ — सामसङ नेपालले फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ७’ प्रस्तुत गरेको छ । नवप्रवर्तन र उद्यमशीलताको उत्सवका अवसरमा सामसङले उक्त स्मार्टफोन ‘शार्क ट्यांक नेपाल’ का शार्कहरूलाई प्रस्तुत गरेको हो।

यसले सामसङ नेपाल, शार्क ट्यांक नेपाल र हिमालय टिभीबीचको सहकार्यलाई चिन्हित गरेको कम्पनीले जनाएको छ । शार्कहरूले सामसङका नयाँ पुस्ताका फोल्डेबलमा समावेश क्रान्तिकारी डिजाइन, प्रदर्शन र एआई–समर्थित विशेषताहरूको अनुभव गरे।

मोबाइल एक्स्पिरियन्स (एमएक्स) विभागका सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, 'सामसङ सधैं मानिसहरूलाई सीमाभन्दा पर सोच्न र नयाँ सम्भावनाहरू खोज्न सशक्त बनाउने विश्वासमा रहँदै आएको छ, जुन ‘शार्क ट्यांक नेपाल’ को आत्मासँग गहिरो रूपमा मेल खान्छ।' नयाँ 'ग्यालेक्सी जेड फोल्ड ७' नवप्रवर्तन र बहुमुखी प्रतिभाको प्रतीक भएको स्थापितले बताए ।

कम्पनीका अनुसार 'ग्यालेक्सी जेड फोल्ड ७' ले फराकिलो डिस्प्ले र मल्टिटास्किङ क्षमतामार्फत उत्पादकतालाई नयाँ स्तरमा पुर्‍याउँछ र फोल्डेबल प्रविधिलाई झन् आकर्षक बनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully