भदौ २३ र २४ को आन्दोलन र प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडको कारण ३५७ मा दाबी स्वरुप ५ अर्ब ४९ करोड रुपैयाँको प्रारम्भिक दाबी आएको थियो ।
काठमाडौँ — सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सवा १ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । भदौ २३ र २४ का आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडको कारण ३५७ मा दाबी स्वरुप ५ अर्ब ४९ करोड रुपैयाँको प्रारम्भिक दाबी प्राप्त भएको थियो ।
कम्पनीका अनुसार हालसम्म १०५ वटा पूर्ण तथा अग्रिम भुक्तानी बापत १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । '२०८१ साल असोज महिनामा बाढीबाट भएको क्षतिलाई सहज रुपमा व्यवस्थापन गरी आफ्नो कर्तव्य तथा दायित्वलाई इमान्दारी पूर्वक निर्वाह गरेको तथ्यलाई पनि सविनय स्मरण गर्न चाहन्छौँ,' विज्ञप्तीमा भनिएको छ, 'प्रतिकुल परिस्थितिमा पनि हामी सधैँ विमितको साथमा रहने विमितको आकांक्षा अनुरुप सेवा प्रवाह गर्न निरन्तर लागि परेको हुँदा बीमितको क्षति भएको सम्पत्तिको बीमा दाबी फछ्र्यौट गरी बीमितहरुको आर्थिक क्षतिको पुनःस्थापना गर्न कम्पनी प्रतिबद्ध छ ।'
बिमा दाबी भुक्तानी लिन बाँकी बीमितहरुलाई आवश्यक कागजात पेस गरी दाबी फछ्र्यौट कार्यमा सहयोग गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।
