हलेसी डेकोरमा कारोबार गर्दा कम्प्युटर–जेनरेटेड बिल पाइने

हलेसी डेकोरले आफ्नो नयाँ अभियानअन्तर्गत सबै कारोबारमा कम्प्युटर–जेनरेटेड बिल अनिवार्य गर्दै एमआरपी स्पष्ट उल्लेख गर्ने जनाएको छ ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

You will receive a computer-generated bill when transacting at Halesi Decor.

काठमाडौँ — हलेसी डेकोरले डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको घोषणा गरेको छ । व्यापारिक इमानदारी र पारदर्शितालाई अझ सबल बनाउन डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको औपचारिक घोषणा गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार 'व्यापारमा इमान्दारित्ता, हाम्रो प्रतिवद्धता' भन्ने मूल सन्देश सहित सुरु गरिएको अभियानअन्तर्गत अब प्रत्येक कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत हुनेछ र सबै सामानमा :एमआरपी स्पष्ट रूपमा उल्लेख गरिनेछ ।

यसले ग्राहक र कम्पनीबीचको कारोबार सुरक्षित, प्रमाणित र विश्वासिलो बनाउने विश्वास कम्पनीले जनाएको  छ ।

हलेसी डेकोरले १५ वर्षको अनुभव, उचित मूल्य, ग्राहकअनुकूल सेवा र 'बिक्री पछिको सेवा हाम्रो जिम्मेवारी' भन्ने अडानका साथ पारदर्शी व्यापारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

हलेसी डेकोरले विगत १५ वर्षदेखि कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानि, बेडसिटलगायतका घर तथा कार्यालय सजावट सामग्रीहरू ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै आएको छ ।

कान्तिपुर

Link copied successfully