लिपमोटर बी १० ले काठमाडौंबाट पोखरा पुगेर पुनः फर्कँदा एकै चार्जमा ४५० किलोमिटर दूरी पार गरेको छ ।
काठमाडौँ — एक पटकको चार्जबाट लिपमोटर बी १० बाट काठमाडौं–पोखरा–काठमाडौं गर्न सकिने छ । उक्त यात्रा सफलतापूर्वक सम्पन्न गरेको हो ।
अक्टोबर २०२५ मा नेपालको लोकप्रिय अटोमोटिभ कन्टेन्ट प्लेटफर्म कारहरू ले हालै लिपमोटर बी १० को वास्तविक प्रदर्शन र दक्षता परीक्षण गर्न स्वतन्त्र रूपमा एक रेञ्ज टेस्ट सञ्चालन गरेको थियो ।
उक्त परीक्षण अन्तर्गत टोलीले लिपमोटर शोरुम, उत्तरढोका (काठमाडौं) बाट यात्रा सुरु गरी पोखरा लेकसाइडसम्म पुगेर पुनः काठमाडौं फर्किएको थियो । एकै दिनमा करिब ४५० किलोमिटर दूरी तय गरी एकै चार्जमा सफलतापूर्वक पूरा गरेको हो ।
यो सफल परीक्षणले लिपमोटर बी १० को उत्कृष्ट ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि, र नेपालको विविध सडक अवस्थाहरूमा पनि विश्वसनीय प्रदर्शन गर्ने क्षमतालाई स्पष्ट प्रमाणित गर्नेछ ।
यो उपलब्धिले लिपमोटरको दीर्घ-दूरीको यात्रामा व्यावहारिक रेन्ज, आराम र आत्मविश्वाससहित स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्ने प्रतिबद्धतालाई झल्काउँने कम्पनीले जनाएको छ ।
