सामसङ स्मार्टफोन किन्दा ग्यालेक्सी वाच र बड्समा ५३ प्रतिशतसम्म छुट

सामसङले ए र एम सिरिज स्मार्टफोन खरिदकर्तालाई वाच र बड्समा ५३ प्रतिशतसम्म छुट दिने विशेष अफर ल्याएको छ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Up to 53% off on Galaxy Watch and Buds when you buy a Samsung smartphone

What you should know

काठमाडौँ — सामसङ नेपालले आफ्ना ग्राहकका लागि नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा लागू हुने अफर सार्वजनिक गरेको छ। उक्त अफरअन्तर्गत ग्राहकले ग्यालेक्सी वाच ८ सिरिज र बड्स ३ लाइनअपजस्ता ग्यालेक्सी वेरेबलहरू खरिदमा छुट पाउने छन्।

नयाँ फ्ल्यागशिप ए सिरिज वा एम सिरिजका स्मार्टफोनहरू खरिद गर्दा ग्यालेक्सी वाच र बड्समा ५३ प्रतिशतसम्म छुट पाउने छन्।

‘मल्टिबाइ अफर’ ले प्रयोगकर्तालाई आफ्नो फोनलाई ग्यालेक्सी वाच ८ क्लासिक वा बड्स ३ जस्ता उपकरणसँग जोडेर पूर्ण ग्यालेक्सी अनुभव प्राप्त गर्न सक्षम बनाउने कम्पनीले जनाएको छ। यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ।

ग्यालेक्सी जेड फोल्ड ७, ग्यालेक्सी जेड फ्लिप ७, ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६, ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+, ग्यालेक्सी एस२५, ग्यालेक्सी एस२४ अल्ट्रा (२५६ जीबी), ग्यालेक्सी एस२५ एफइ र ग्यालेक्सी एस२४ एफइ किन्दा सामसङ वाच ८ क्लासिक, वाच ८, वाच ७, वाच ६ क्लासिक, वाच ६, बड्स ३ प्रो र बड्स ३ मा छुट पाउने छन्।

ग्यालेक्सी ए५६, ग्यालेक्सी ए३६, ग्यालेक्सी ए२६, ग्यालेक्सी ए१७, ग्यालेक्सी ए१६, ग्यालेक्सी एम३६, ग्यालेक्सी एम१७ र ग्यालेक्सी एम१६ खरिद गर्दा वाच ८, वाच ७, वाच ६, वाच एफइ, बड्स ३, बड्स ३ एफइ र बड्स कोरमा छुट पाइने छन्।

मोडल

एम आर पी (रु)

अफर मूल्य (रु)

छुट (%)

ग्राहकको लागि मूल्य

वाच६

४४,९९९

३५,९९९

२०%

,०००

वाच६ क्लासिक

६४,९९९

५१,९९९

२०%

१३,००० 

वाच७ ४० एमएम

४४,९९९

३५,९९९

२०%

,०००

वाच७ ४४ एमएम

४९,९९९

३९,९९९

२०%

१०,००० 

वाच एफइ

३५,३९९

२८,२९९

२०%

,१०० 

वाच८ ४० एमएम

५४,९९९

३९,९९९

२७%

१५,००० 

वाच८ ४४ एमएम

५९,९९९

४४,९९९

२५%

१५,००० 

वाच८ क्लासिक

७४,९९९

५४,९९९

२७%

२०,००० 

बड्स३

२२,९९९

१५,९९९

३०%

,०००

बड्स३ प्रो

३१,९९९

२०,९९९

३४%

११,००० 

बड्स कोर

,३९९

,४९९

५३%

,९००

बड्स३ एफइ

१९,९९९

१२,९९९

३५%

,०००

कान्तिपुर

Link copied successfully