धनतेरस टाटा उत्सव सुरु

ग्राहकले आकर्षक अफरसँगै बम्पर उपहारमा सुनको असर्फी जित्ने सुनौलो मौका पाउने कम्पनीले जनाएको छ ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Dhanteras Tata festival begins

काठमाडौँ — टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी धनतेरसलाई लक्षित गरी 'धनतेरस टाटा उत्सव' सुरु गरेको छ ।

मंगलबारदेखि सुरु गरिएको यो कार्यक्रममा ग्राहकले आकर्षक अफरसँगै बम्पर उपहारमा सुनको असर्फी जित्ने मौका पाउनेछन् ।

देशभरका टाटाको शोरुममा लागू भएको यो उत्सव कात्तिक २ सम्म हुने कम्पनिले जनाएको छ । ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडल-टाटा टियागो.ईभी, पंच.ईभी, नेक्सन के३.ईभी र कर्भ.ईभीसँगै आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुटका सुविधाहरू पाइनेछ ।

यो उत्सवअन्तर्गत फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधा पाइनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully