सामसङ नेपालको 'तिहारको मूड, सबै गुड' अफर सार्वजनिक

क्यासब्याकसँगै साप्ताहिक र बम्पर उपहार जित्ने अवसर

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

Samsung Nepal's 'Festive mood, all good' offer announced

What you should know

काठमाडौँ — सामसङ नेपालले तिहार लक्षित उपभोक्ता अफर सार्वजनिक गरेको छ। ‘तिहारको मूड, सबै गुड’ नारासहित सार्वजनिक गरिएको यस योजनामा ग्राहकले विभिन्न आकर्षक क्यासब्याक अफरका साथै साप्ताहिक तथा बम्पर उपहार जित्ने मौका पाउने छन्।

सामसङका अनुसार असोज २६ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने यो योजना देशभरका आधिकारिक सामसङ विक्रेतामार्फत सञ्चालन हुनेछ। अफर अवधिभर ग्राहकले सामसङका टेलिभिजन, फ्रिज तथा वाशिङ मेसिन जस्ता उत्पादनमा छुटसहितका विशेष अफर पाउनेछन्।

टिभीमा ३५ प्रतिशतसम्म क्यासब्याक र ५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध गराइनेछ भने फ्रिजमा १९ प्रतिशतसम्म क्यासब्याकसहित ६ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाइने कम्पनीले जनाएको छ। त्यस्तै, वाशिङ मेसिनमा २४ प्रतिशतसम्म क्यासब्याक र ७ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउन सकिनेछ।

साथै, ग्राहकका लागि सामसङले आकर्षक साप्ताहिक तथा बम्पर पुरस्कारको व्यवस्था पनि गरेको छ। साप्ताहिक उपहारस्वरूप सामेल भाग्यशालीले साउन्डबार तथा २३ लिटरको माइक्रोवेभ ओभन प्राप्त गर्नेछन्। यस्तै, बम्पर उपहारअन्तर्गत ३५ लिटरको बिस्पोक एआई फ्रिज, ९ केजीको फ्रन्ट लोड वाशिङ मेसिन र ६५ इन्चको यूएचडी टिभी प्रदान गरिनेछ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले सामसङ टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गरेपछि सो उत्पादनको सिरियल नम्बर एसएमएस  मार्फत पठाउनुपर्नेछ। यसका लागि ‘Samsung [Serial Number]’ लेखी ३५००१ मा पठाउनु पर्नेछ। SMS पठाइसकेपछि ग्राहकले तुरुन्तै पुष्टिकरण सन्देश प्राप्त गर्नेछन्।

विजेताहरूको नाम हरेक साताको अन्त्यमा सामसङ प्लाजा र बिग डिजिटलका आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत सार्वजनिक गरिने बताइएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully