श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ सर्वसाधारणका लागि आइतबारदेखि निष्कासन हुने 

लगानीकर्ताहरूले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

आश्विन २५, २०८२

कान्तिपुर संवाददाता

The IPO of Srinagar Agritech Industries will be issued to the general public from Sunday

काठमाडौँ — श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि असोज २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँमध्येबाट अंकति मूल्य कायम रहनेगरी २५ करोड १० लाख ४९ हजार तीन सय रुपैयाँ बराबरको २५ लाख १० हजार चार सय ९३ साधारण सेयर बिक्री आह्वान गरेको हो । 

कम्पनीयको सेयर निष्कासन तथा बिक्री प्रवन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको कम्पनीको साधारण सेयर बिक्री असोज २६ अर्थात भोलिदेखि सुरु भएर छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ । 

लगानीकर्ताहरूले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । 

कान्तिपुर

Link copied successfully