होटल मिस्टिक माउन्टेन अब पोखरामा

नगरकोटपछि मिस्टिक माउन्टेन होटल फेवाताल किनारमा चारतारे सुविधा र आकर्षक छूट योजनासहित पोखरामा सञ्चालनमा आएको छ।

आश्विन २५, २०८२

कान्तिपुर संवाददाता

Hotel Mystic Mountain now in Pokhara

What you should know

काठमाडौँ — हस्पिटालिटी क्षेत्रमा आठ वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको होटल मिस्टिक माउन्टेनले अब पोखरामा पनि आफ्नो सेवा विस्तार गरेको छ।

यसअघि नगरकोटमा सेवा दिइरहेको होटल मिस्टिक माउन्टेनलाई हिली भ्याली प्रालिले फ्रेन्चाइजका रूपमा पर्यटकीय राजधानी पोखरामा ल्याएको हो । फेवाताल किनारमा अवस्थित होटलबाट पोखराका रमणीय दृश्यावलोकन गर्न सकिने बताइएको छ ।

प्राकृतिक हरियाली र स्वच्छ वातावरणमा बस्न चाहने पाहुनाका लागि होटल उपयुक्त रहेको होटल मिस्टिक माउन्टेनकी सेल्स एन्ड मार्केटिङ म्यानेजर अमिता श्रेष्ठले बताए ।

Hotel Mystic Mountain now in Pokhara

उनका अनुसार, 'पोखरा आउने अधिकांश पर्यटक प्रकृतिसँग रम्न आउने भएकाले त्यसलाई ध्यानमा राख्दै पोखराको सेदीमा होटल सञ्चालनमा ल्याइएको हो।'

नगरकोटमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको होटलले अब पोखरा जस्तो पहिलो रोजाइको गन्तव्यमा सेवा दिन पाउनु आफूहरूका लागि खुशी र गौरवको कुरा भएको श्रेष्ठले बताए । हजारौँ सन्तुष्ट ग्राहकका लागि अब पोखरामा पनि सेवा उपलब्ध हुने होटलले जनाएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई गुणस्तरीय र सन्तोषजनक सेवा दिने लक्ष्यसहित सञ्चालनमा ल्याइएको चारतारे होटलमा सराङकोटसम्म जानका लागि केबलकार सुविधा, जिमहल, स्टिम–साउना, कन्फरेन्स हल, स्वीमिङ पुललगायतका सुविधा उपलब्ध छन् ।

लेकसाइड क्षेत्रमा सञ्चालनमा आएको मिस्टिक माउन्टेनमा हाल ६० वटा स्वीट रुम रहेका छन्। होटलका सञ्चालकहरूमा मनमोहन कृष्ण श्रेष्ठ, कमल बास्कोटा र सागर गुरुङ रहेका छन् ।

लेकसाइडदेखि होटलसम्म पाहुनाका लागि यातायात सुविधा पनि उपलब्ध गराइएको छ । होटलको औपचारिक शुभारम्भसँगै केही समयका लागि विशेष छुट योजना लागू गरिने जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully