जेन-जी आन्दोलनका सहिद सन्तानलाई काठमाडौं युरो स्कुलले पूर्ण छात्रवृत्ति दिने

सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले जेन-जी आन्दोलनमा ज्यान गुमाएका शहिद परिवारका एक सन्तानलाई पूर्ण छात्रवृत्तिमा पढ्न दिने निर्णय गरेको छ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Euro School will give full scholarship to the martyred children of Zen-G movement

काठमाडौँ — गोंगबु–बनियाँटारस्थित काठमाडौँ युरो आईबी वर्ल्ड स्कुलले जेन-जी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा पढाउने गर्ने घोषणा गरेको छ ।

विद्यालयले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको परिवारका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको हो ।

विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व र सहिदहरूको बलिदानप्रतिको सम्मान स्वरूप यस्तो घोषणा गरिएको हो ।

‘शिक्षा नै सशक्तीकरणको माध्यम हो । लोकतन्त्रका लागि ज्यान आहुति दिने सहिदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो,’ अध्यक्ष पाण्डेले भने ।

विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारहरूलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

कान्तिपुर

Link copied successfully