एनआईसी एशिया बैंकका ग्राहकलाई वीरगंजको किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट 

बैंकका ग्राहकले उक्त हस्पिटलमा ओपीडी, सर्जरीलगायत सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछ ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

NIC Asia Bank customers get up to 10% discount at Kiran Eye Hospital in Birganj

काठमाडौँ — एनआईसी एशिया बैंकका ग्राहकले वीरगंजमा रहेको किरण आँखा अस्पतालमा आँखा उपचार गर्दा १० प्रतिशतसम्म छुट  पाउने भएको छ ।

आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता भएको हो । यो सम्झौतासँगै बैंकका ग्राहकले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।  

बैंकका ग्राहकले उक्त हस्पिटलमा ओपीडी, सर्जरीलगायत सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछ । सुविधाको उपयोग गर्न ग्राहकले  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully