लीपमोटर बी १० मा १६० किलोवाटको शक्तिशाली रियर व्हील ड्राइभ (आरडब्ल्यूडी) मोटर र ६७.१ किलोवाट आवर ब्याट्री क्षमता छ ।
काठमाडौँ — नेपालमा लीपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले लीपमोटर बी १० को वितरण सुरु गरेको छ। यससँगै सांग्रिलाले नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा नयाँ युगको सुरुवात भएको जानकारी गराएको हो ।
लीपमोटर बी १० मा १६० किलोवाटको शक्तिशाली रियर व्हील ड्राइभ (आरडब्ल्यूडी) मोटर र ६७.१ किलोवाट आवर ब्याट्री क्षमता रहेको छ, जसले एकै चार्जमा ६०० किमी दूरी तय गर्दछ ।
आराम र व्यावहारिकता दुवैको लागि निर्मित, यसले १८० एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गर्दछ । यसमा १४.६ इन्च २.५ के एचडी टचस्क्रिन, रेकर्डिङ सहितको ३६० डिग्री क्यामेरा, हिटिंग र भेन्टिलेसन फङ्क्सनसहितको प्रिमियम लेदरेट सिटहरू र सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानारोमिक सनरुफ विथ सनशेड जस्ता सुविधाहरु छन् ।
नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा उत्साहजनक स्वागत प्राप्त गरेपश्चात लीपमोटर बी १० ले यसको आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र उत्कृष्ट प्रदर्शनका कारण व्यापक ध्यान आकर्षित गरेको छ । चीनबाट बी १० को पहिलो ढुवानी आइपुगेसँगै नेपालभरका ग्राहकहरूले अन्ततः दिगो र स्मार्ट ड्राइभिङ्गको अनुभव लिन सक्ने भएका छन् ।
