नर्भिकको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, साधारण शेयर निस्कासन प्रक्रिया सुरु गर्ने निर्णय

साथै साधारणसभाले ५ सञ्चालकसमेत निर्विरोध निर्वाचित गरेको छ । साविकका सञ्चालकहरु नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतबाट घोषणा गरिएको थियो ।

आश्विन ११, २०८२

कान्तिपुर संवाददाता

5th Annual General Meeting of Norvik held, decision to start ordinary share issue process

काठमाडौँ — नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न पाँचौं वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । साधारण सभाले चुक्ता पुँजीको ४० प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

साथै साधारणसभाले ५ सञ्चालकसमेत निर्विरोध निर्वाचित गरेको छ । साविकका सञ्चालकहरु नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतबाट घोषणा गरिएको थियो । 

निर्वाचित हुने सञ्चालकहरुमा राजेन्द्रबहादुर सिंह, मेघा चौधरी, भुवनचन्द्र भट्ट, गजेन्द्रमान श्रेष्ठ र मनिषकुमार खेम्का रहेका छन् । यसैगरी, लेखा परीक्षकमा एसआर पाण्डे एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । 

नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडमा परिवर्तन भएपछिको यो पाँचौं साधारणसभा हो । नर्भिकले सर्वसाधारणका लागि जारी गरिने २५ लाख कित्ता साधारण शेयर निस्कासन गर्न निस्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully