नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोन विशेष र कम मूल्यमा उपहार दिएर यो पर्व मनाउन सक्ने सामसङले जनाएको छ ।
काठमाडौँ — सामसङ नेपालले आफ्ना फोल्डेबल फोन अब पहिलेको भन्दा मूल्य घटाएर बेचिरहेको छ । नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोन विशेष र कम मूल्यमा उपहार दिएर यो पर्व मनाउन सक्ने सामसङले जनाएको छ ।
यसअनुसार कम्पनीले जी फोल्ड६ (१२+५१२ जीबी) को मूल्य २ लाख २९ हजार ९ सय ९९ रहेकामा १ लाख ७९ हजार ९ सय ९९ मा उपलब्ध गराएको छ ।
यसैगरी जी फोल्ड६ (१२+२५६ जीबी) को मूल्य २ लाख १४ हजार ९ सय ९९ रहेकामा १ लाख ६४ हजार ९ सय ९९ रुपैयाँमा दिइएको कम्पनीले जनाएको छ । जी फ्लिप६ (१२+२५६ जीबी) को मूल्य भने १ लाख ३९ हजार ९ सय ९९ रहेकामा ९९ हजार ९ सय ९९ रुपैयाँमा दिइने कम्पनीको भनाइ छ ।
नेपालभरिका प्रमाणित सामसङ स्टोरमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत यी अत्याधुनिक स्मार्टफोन शून्य प्रतिशत ब्याजमा सजिलो ईएमआईमा पाउन सक्ने कम्पनीको भनाइ छ ।
