अहिलेको विषम परिस्थितिमा धेरै सवारीसाधन पूर्ण रूपमा क्षति भएका छन् । यस्तो अवस्थामा स्काइवेलका सोरुममा गई आफ्नो क्षति भएको सवारीसाधनको प्रमाणित बिमा क्लेमको डकुमेन्ट बुझाइ ग्राहकले तुरुन्तै नयाँ गाडी लिन सक्ने जी मोटर्सले जनाएको छ ।
काठमाडौँ — स्काइवेल जी मोटर्सले तुरुन्तै नयाँ गाडी डेलिभरी गर्ने गरी विशेष योजना ल्याएको छ ।
अहिलेको विषम परिस्थितिमा धेरै सवारीसाधन पूर्ण रूपमा क्षति भएका छन् । यस्तो अवस्थामा स्काइवेलका सोरुममा गई आफ्नो क्षति भएको सवारीसाधनको प्रमाणित बिमा क्लेमको डकुमेन्ट बुझाइ ग्राहकले तुरुन्तै नयाँ गाडी लिन सक्ने जी मोटर्सले जनाएको छ ।
‘यस स्किमअन्तर्गत तपाईंको अपूरणीय क्षतिलाई मनन गर्दै १० लाखसम्मको विशेष सहयोग प्राप्त गर्न सकिनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।